
गोल्डेन गेट एकेडेमीको ना.२ क ३७५ नम्बरको स्कुल बसमा गत पुष २ गते भएको आगलागीको घटनालाई छानबिन गर्न प्रहरीले ढिलाई गरेको विद्यालयका प्रतिनिधिले गुनासो गरेका छन ।
विद्यालय प्रतिनिधिले बसमा भएको आगलागीको घटनालाई सत्य तथ्य छानबिन गरी दोसी पता लगाउन भने दिएको निबेदन उपर अहिले सम्म कुनै प्रक्रिया अगाडी नबढेको बताएका छन । वडा प्रहरी कार्यालय श्रीपूरमा निबेदन दिएको तर अहिले सम्म प्रहरीको तर्फ बाट कुनै जाचबुझ नभएको विद्यालय प्रतिनिधिहरुको गुनासो छ ।
तर वडा प्रहरी कार्यालय श्रीपूरले आफ्नो तरिकाले हामीले अनुसन्धान गरिरहेको जनाएको छ । वडा प्रहरी कार्यालय श्रीपूरका प्रहरी निरीक्ष रमेश गौतमले अहिले अनुसन्धान जारि रहेको र घटना स्थलको वरपर रहेका स्थानीय संग सोधपूछ गरी हामीले पहिलो चरणको अनुसन्धान सुरु गरिसेको बताउनुभयो ।
विद्यालय प्रतिनिधिले ईन्सुरेन्सको लागी विद्यालयले आफै बसमा आगजनी गरेको ओठेको कुरा अफवाह मात्र रहेको जनाएको छ । बसको ईन्सुरेन्स भएको डेढ बर्ष पहिला नै सकिसकेकोले यस्ता कुरा मात्र भ्रामक रहेको जनाएको छ । बिग्रेको बसलाई आफुहरुले बताउनको लागी रहेको अवस्थामा आगलागी भएको र त्यो घटना शसंकित रहेकोले प्रहरी छनबिन गर्नु पर्ने बताउनुभयो ।




