उत्कृष्ट प्रहरी ठहरिएको महिना दिन नबित्दै कारबाहीमा

नेपाल प्रहरीका जवान राजेशकुमार यादव कारबाहीमा तानिएका छन् ।

प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट प्रहरी घोषणा गरेको महिना दिन नपुग्दै यादव कारबाहीमा तानिएका हुन् ।

प्रहरीको मनोवल उच्च बनाउँदै अपराध नियन्त्रण, अनुसन्धान एवं ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगरले नगर प्रहरी कार्यालय विराटनगरमा कार्यरत यादवलाई जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेर पुरस्कृत गरेको थियो ।

जघन्य प्रकृतिका अपराधका फरार प्रतिवादीलाई पक्राउ, चोरी तस्करी नियन्त्रण लगायतमा उनी अब्बल देखिएको भन्दै तत्कालीन डिआइजी ईश्वरबाबु कार्कीले उनलाई सम्मान गरेका थिए ।

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रहेर उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्दै अपराधमा संलग्न फरार प्रतिवादीहरूलाई पक्राउ गरी अपराध अनुसन्धान एवं नियन्त्रणमा विशेष योगदान पु¥याउन यादवले भूमिका खेलेर डिआइजीलाई रिझाएका उनी एक महिना बित्न नपाउँदै कारबाहीमा तानिएका हुन् ।

जताततै पैसा असुलेको उजुरी अख्तियारमा परेपछि अख्तियारले प्रहरीलाई अनुसन्धान गर्न निर्देशन गरेको थियो । त्यसबाहेक सीमाबाट हुने तस्करीको लाइन मिलाउनका लागि तत्कालीन प्रहरीका उच्च अधिकारीहरूले परिचालन गर्ने गरेको आरोप थियो ।

उनले प्रहरीका उच्च अधिकारीलाई मिलाउनु पर्ने भन्दै रकम माग्ने गरेको व्यहोराको उजुरी अख्तियारमा परेपछि छानबिन सुरु गरिएको छ ।

प्रदेश प्रहरी कार्यालय रानीका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नवीनराज राईले अख्तियारले प्रश्न उठाएपछि केही सोधपुछका लागि बोलाइएको बताए । यादवले मोरङको सीमा क्षेत्रबाट हुने अवैध तस्करीको लाइनमा संस्थागत सेटिङको नेतृत्व गरेको आरोप लाग्दै आएको थियो । ktmdainik

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close