प्रहरीले संरक्षित वन्यजन्तु जरायोको सिङ र सालकको खपटासहित एक जना महिलालाई पक्राउ

काठमाडौं । प्रहरीले संरक्षित वन्यजन्तु जरायोको सिङ र सालकको खपटासहित एक जना महिलालाई पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका-३ रातमाटेबाट संरक्षित वन्यजन्तु जरायोको २ वटा सिङ र ३६ पीस सालकको खपटासहित प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-३ रातमाटेका ४५ वर्षीया माइली पुतुवार रहेकी छिन् ।

पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको कार्यालय पानीमुहान काठमाडौंमा बुझाईएको व्यूरोले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close