
बिरगंज , बैशाख २९ गते बुधबार ।
पर्सा प्रहरीले भन्सार छ्लीको लत्ताकपडा , गाडी सहित एक जनालाई नियन्त्रणमा लिएको छ । बीरगञ्ज महानगरपालिका वडा नं.१४ स्थित गण्डक चोकमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ना.१ ज ८२८७ नम्बरको म्याजिक गाडीमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका अन्दाजी मूल्य रू.१,१३,४००।–( एक लाख तेह्र हजार चार सय) बराबरका कुर्ता सुरुवाल, साडी तथा ब्लाउजको कपडा बरामद गरी गाडी चालक जिल्ला बारा जितपुर उ.म.न.पा. वडा नं. ७ बस्ने वर्ष २१ को जियाउल हक खानलाई गाडीसहित नियन्त्रणमा लिई गाडीसमेत कुल रू.६,१३,४००।– मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आजै मानिस, गाडी तथा कपडा बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनु भयो।
आफ्नो प्रतिक्रिया दिनुहोस




