
काठमाडौँ, ७ साउन । पछिल्लो समय मुलुकमा युवाहरुको धर्मप्रति मोह बढ्दै गएको छ ।
विस २०७२ मा निर्माण भएको संविधानले मुलुकलाई धार्मिक स्वतन्त्रताका रुपमा अगाडि सारेपनि पछिल्लो समय नेपाली युवाहरुमा धार्मिक मोह बढ्दै गएको हो । मुलुक लोकतान्त्रिक गणतन्त्र बनेपश्चात संविधानसभाबाट थोपरिएको धर्म निरपेक्षतामाथि धेरै मानिसहरुको बिमति रहेको पाइन्छ ।
यस्तो अवस्था नेपाली काँग्रेसका एउटा समुह र धेरै नेपालीहरुले नेपाललाई सनातन हिन्दु मुलुक नै कायम गर्नुपर्ने माग गरिरहेका छन् । यस्तो परिस्थितिमा पनि सनातन हिन्दु धर्म र संस्कारप्रति धेरै मानिसहरुको मोह जागिरहेको छ ।
आधुनिक पिँढीका युवाले गुरुकुलप्रति देखाएको मोह र स्नेह लोभलाग्दो छ । नेपाली काँग्रेस तनहुँका युवा नेता चाम थापामगर पनि धर्मकर्ममा विश्वास राख्ने एक युवा हुन् । उनले करिब एक दशकदेखि गुरुदेवलाई मान्दै आएका छन् । जय गुरुदेवका भक्तसमेत रहेका थापा दैनिक योग, ध्यान र पुजाआजा गर्दै आएका छन् । उनी महिनौँ निरहार व्रतसमेत बस्दै आएका छन् भने शाहाकारी भोजन ग्रहण गर्दै आएका छन् ।
योग र ध्यानको केन्द्र नेपाल भएपनि यसलाई नेपालीले राम्रोसँग प्रचारप्रसार गर्न सकेका छैनन् । पछिल्लो समय विश्वका धेरै मुलुकले योग र ध्यानलाई पछ्याएपनि नेपालले नै भने यसलाई राम्रोसँग व्यवहारमा उतार्न सकेको छैन ।
व्यासको भूमी तनहुँमा जन्मेका थापाले नेपाललाई योग र ध्यानको केन्द्र बनाउनुपर्ने बताउँछन् । “पाशुपत क्षेत्र र बुद्धको जन्मथलो भएको यो पवित्र भूमिलाई विश्वको योग र ध्यानको केन्द्र बनाउनुपर्छ,”– उनी भन्छन् । mountain khabar