
बिरगंज , साउन १७ गते आइतबार ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोल बिरगंजको आयोजनामा “समुदाय- प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला पर्सा बिरगंज महानगर पालिका वडा न.७ रामटोल चौकमा घरेलु हिंसा तथा महिला हिंसा सम्बन्धी अन्तरक्रिया तथा वृत्तचित्र प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश कुमार चौधरीको सभापतित्वमा र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक पुरुषाेतम कार्कीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमका विशिस्ट अतिथि वडा न.७ का वडा अध्यक्ष बसन्त कुमार अग्रवाल , मुनलाईट स्कुलका डाईरेक्टर श्याम केसि , कंचनजंगा बोडिङ्ग स्कुलका डाईरेक्टर मार्टिन मुक्तान , सामाजिक अभियन्ता प्रकाश थारु , रेडियो नेपालका पर्सा सम्बादाता राजेन्द्र सिंह राजपुत , पब्लिक एफएमका कार्यक्रम संयोजक लालबाबु सिंह , भोजपुरी कलाकार अमजद अलि , पर्सा पोस्ट साप्ताहिक पत्रीकाका प्रकाशक अजित भुजेल , अन्कुश दैनीकका सन्तोषमान रन्जितकार , न्युज प्वाईन्टका मन्सुर खान , कलियुग सन्देश डट कमका प्रेम सरार्फ , साहारा दैनिकका चन्द्रभुषण साह , सामुदायिक सेवा केन्द्र कुम्हालटोलका उपाध्यक्ष सियाराम नेपाली , सन्जु दाहाल , महिला प्रहरी हवल्दार सुनिता बिक लगायत स्थानिय महिला तथा समाजसेवी हरुको उपस्थिती रहेको थियो ।

स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्र कुम्हालटोलका उपाध्यक्ष सन्ध्या भट्टले र कार्यक्रम सन्चालन सामुदायिक सेवा केन्द्रका सचिव श्रवण बहादुर रायमाझीले गर्नु भएको थियो ।




