शस्त्र प्रहरी जवान मृत अवस्थामा फेला

साउन २१,विनोद मण्डल

कैलाली , धनगढी उपमहानगरपालिका वडा नं १ मा रहेको शस्त्र प्रहरी बल नम्बर 34 हेडक्वार्टर कैलालीमा कार्यरत जिल्ला डडेलधुरा भागेश्वर गाउँपालिका वडा नं १ बस्ने ३१ वर्षिय शस्त्र प्रहरी जवान हरिस कुमार शाही सोही कार्यालयको परिसरभित्र उत्तरपट्टिको कम्पाउन्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेको थियो ।

घटनाको मुचुल्का तयार पारी शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पातल पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको बुझिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close