
वीरगंज। वीरगंजमा हुने राजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनमा राप्रपा नेपाल पर्साले सक्रिय रुपमा सहभागिता जनाउने भएका छन्।
पर्सा जिल्ला स्थित वीरगंजमा यहि माघ १३ गते शनिबारका दिन वीरगञ्ज स्थित लाल बंगलामा राजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन कार्यक्रममा पार्टीका जिल्ला कार्य समिति, बिभिन्न भातृ संगठनहरु तथा राष्ट्र प्रेमि व्यक्तित्वहरू, शुभचिन्तक व्यक्तित्वहरू लाइ अभिनन्दन कार्यक्रम सफल पार्न सक्रिय रुपमा सहभागि जनाउन निर्णय भएको राप्रपा नेपाल केन्द्रिय कार्य सम्पादन समिति सदस्य शम्भु प्रसाद चौरसियाले जानकारी दिए ।
राप्रपा नेपाल जिल्ला कार्य समिति पर्साको आज बसेको बैठकले तयारीका लागि जिम्मेवारीको पनि बाँडफाँट भएको उनले बताए। ‘पार्टी अध्यक्ष कमल थापाले व्यापक तयारी गर्न निर्देशन दिनुभएको छ, हामी तयारीमा जुटिसकेका छौं,’ केन्द्रिय कार्य सम्पादन समिति सदस्य चौरसियाले भने।




