
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई लिएर राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कडा आलोचना गरेका छन् ।
एमालेको विवाद मिलाउन राष्ट्रपति सक्रिय देखिएको उल्लेख गर्दै लोहनीले संवैधानिक राष्ट्रपतिको काम र कर्तव्य नभुल्न राष्ट्रपतिलाई सचेत गराएका छन् । ‘के अब संवैधानिक राष्ट्रपतिको काम र कर्तव्य दलहरुबीचको आन्तरिक झगडा मिलाउनु हो ?’, लोहनीले प्रश्न गरेका छन्,
‘यदि हो भने जसपा भित्र पनि विवाद छ, अब त्यो मिलाउन पनि राष्ट्रपति सक्रिय हुनु पर्ने होइन र ?’ लोहनीले सामाजिक सञ्जालमा अगाडि लेखेका छन्, ‘अझ नेपाली कांग्रेसको झगडाले त सत्ताधारी दलकै वैधानिकतामा संकट आउला जस्तो छ। त्यो राष्ट्रपति महोदयले अब कैले मिलाइदिने ?’
उनले अब प्रजातन्त्र बलियो पार्न राष्ट्रपति भवनभित्र ‘पार्टी विवाद मिलन केन्द्र’ खोलेर त्यसको नेतृत्व गर्न भन्दै कटाक्ष समेत गरेका छन् ।




