
काठमाडौं । आज बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । बैठकपश्चात् पार्टी उपाध्यक्ष वामदेव गौतमले विधान संशोधन प्रस्थान केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको जानकारी गराए ।
एमालेको यसभन्दा अगाडि कै स्थायी समिति बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ । स्थायी समितिमा अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव पनि पेश भएर त्यसलाई एक रुपमा दिइएको बताइएको छ ।
सोही सांगठनिक प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेस गरेर छलफल खुला गरिने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङको भनाइ छ । आजै तुलसीलाल स्मृति प्रतिष्ठानमा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




