८०० के.जी.लागु औषध गाँजा मुद्दाका फरार अभियुक्त पक्राउ ।

वीरगञ्ज , साउन ३२ गये आइतबार ।

पर्सा प्रहरीले आठ सय किलो लागु औषध गाँजा मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले पर्साको साबिक बिश्रामपुर गा.बि.स.वडा नं.८ हाल बहुदरमाई न.पा.वडा नं.९ बस्ने देवनारायण साहको छोरा ४८ वर्षिया अम्बिका साह कलवारको घर २०६९ चैत्र २० गते खानतलासी गर्दा निजको घरमा रहेको टिनको १० वटा ड्रमहरुमा लुकाई छिपाई गरी राखेको अवस्थामा अवैध लागु औषध गाँजा ८०० किलो बरामद गरेको थियो । घट्ना पश्चात हाल सम्म फरार रहेकोमा निज अम्बिका साहलाई बिशेष सुचनाको अधारमा खोज तलास गर्दै जाँदा आईतबार दिउँसो ३ बजे प्रहरी टोलीले आफ्नै घरमा लुकी छिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close