हराईरहेकी १६ बर्षिय क्रिसला चौधरीको बीभत्स हत्या

आकाश मगर
गाइघाट । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ६ मोहनपुरमा १६ बर्षिय युवतीको बीभत्स हत्या भएको छ । यहि १३ गते दिउँसो करिब २ बजे घर देखि हराएकी १६ बर्षिय क्रिसला चौधरी १९ गते गाउँ नजिकको चुरिया जंगलमा बिभत्सरुपमा स्याउला ढुङ्गाले खाल्डोमा छोपिएको अवस्थामा भेटिएकी थिईन ।

हत्या कसले गर्‍यो भन्ने कुरा पत्ता नलगाईसकेको भए पनि हत्या गरेको आशङ्कामा अनुसन्धानको लागि स्थानिय ३ जना ब्यक्तिलाई जिल्ला प्रहरीले नियन्त्रणमा लिएको डिएसपी बेद प्रसाद गौतमले जानकारी दिनु भएको छ।

स्थानियहरुको अनुसार सामुहिक बलत्कार गरि हत्या गरिएको र लाशको पहिचान नहोस भनेर एसिड छर्की दिएको र यौनाङ्गमा समेत काठले घोचेर क्षदबिछेद बनाईदिएको छ ,स्थानियहरु जङ्गल जादा गन्हाई सकेको लास देखेपछि प्रहरिलाई खबर गरेका थिए ।

क्रिसला पनि केही दिन देखि घरमा नभएकोले अत्तालिएर हेर्न जादा हातमा लगाएको घडी, चप्पल र लुगाको टुक्राले पहिचान खुलेको थियो । मृतकको प्रकृति हेर्दा लास पुरै गन्हाई सकेको अवस्थाले गर्दा हत्या कसरी भयो भन्ने कुराको यनिक भन्न नसक्ने र पोष्टमार्टमको रिपोर्ट आए पछि मात्र भन्न सक्ने डिएसपी गौतमले बताए ।

हत्याको बिरोधमा गाईघाटमा विभिन्न बिधार्थी संगठनले बिरोध जुलुश निकालेका छन । मृतक शरिरलाई धरान बिपिकोईराला स्वास्थ्य प्रतिस्ठानमा पोष्टमार्टम गरि परिवारजनले जिम्मा लिईसकेको छन । मृतकको फुपाज्यु ध्रुब चौधरीका अनुसार प्रहरीले आफुहरुलाई न्याय दिने र वास्तविक हत्यारालाई चाडै कानुनी कठघरामा ल्याउने आस्वासन दिएको बताए, उनले भने प्रहरी संग बिस्वास छ तर कतै अपराधी पावर र पैसाको भरमा वा मिलेमतोमा उम्किने त होइन भन्ने केही डर समेत रहेको बताए ।

प्रहरीले आफुहरुले सूक्ष्म अनुसन्धान गरिरहेको र हत्यारा चाडै पक्रेर सार्बजानिक गर्ने बताएका छन । पछिल्लो समय उदयपुर जिल्ला पनि शान्तिसुरक्षमा निकै फितलोहुदै गएको र हरेक बर्ष यस्ता प्रकृतिका हत्याहरु घटिरहेका छन जसकारण समाजमा महिलाहरुलाई सुरक्षाको निकै चुनौती बढेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close