
बिरगंज , भदौ ०४ गते शुक्रबार ।
जिल्ला प्रहरी कार्यालय पर्साले चोरी गर्दै गरेको मोटरसाइकल सहित एक जनालाई पक्राउ गरेको छ ।बिहीबार राति अन्दाजी १९:०० बजे बीरगञ्ज महानगरपालिका वडा नं. ८ पानीटंकी स्थित प्रभु अस्पताल अगाडि खाली ठाउँमा पार्किङ गरी राखिएको जिल्ला पर्सा धोबीनी गा.पा.वडा नं.४ बस्ने वर्ष २३ को गौरभ पटेलको प्र.२- ०३- ००८ प ७१३६ नं. को 220 CC को पल्सर मोटरसाइकल जिल्ला बारा कोल्वी न.पा. ६ बस्ने वर्ष २२ को जित बहादुर चौधरी समेत २ जना व्यक्तिले मास्टर साँचो बनाई लक खोली चोर्दै गरेको अवस्थामा प्रहरी चौकी बसपार्क, बीरगञ्जबाट नियमित गस्तीमा खटिएको टोलीले फेला पारी उल्लेखित मो.सा.सहित जित बहादुर चौधरीलाई नियन्त्रणमा लिइएको र निजले चोरी कसूरमा प्रयोग गरेको ग.९ प ६६५९ नम्बरको 220 CC को पल्सर मो.सा.समेत बरामद गरी चोरी सम्बन्धी कसूरमा अनुसन्धान प्रकृया अगाडि बढाइएको साथै; चोरी कसूरमा संलग्न अर्को व्यक्ति तत्काल घट्नास्थलबाटै फरार रहेकोमा निजको पहिचान खुलिसकेकोले तदारुकताका साथ खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




