
बिरगंज , भदौ ०७ गते सोमबार ।
परराष्ट्र मन्त्रालयको आयोजनामा बिरगंजको होटेल भिष्वामा सोमबार “नेपालको निर्यात व्यापार, लगानी प्रबर्द्धन र पर्यटन प्रबर्द्धनमा परराष्ट्र मन्त्रालय र विदेशस्थित नियोगहरुको भूमिका” विषयक अन्तरक्रिया र छलफल कार्यक्रम सम्पन्न भएको थियो ।
परराष्ट्र मन्त्रालयका सह–सचिव भरत कुमार रेग्मीको उपस्थितिमा आयोजित कार्यक्रममा बिरगंज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. २ का अध्यक्ष गणेशप्रसाद लाठ, वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष हरि गौतम, परराष्ट्र मन्त्रालयका उपसचिव किरण शाक्य, ध्रुव राज भट्टराई, उद्धव लामिछाने, परराष्ट्र मन्त्रालय सम्पर्क कार्यालय बिरगंजका सुमेश चन्द्र द्विवेदी लगायत संघका पदाधिकारी, का.स.स., पूर्व अध्यक्ष तथा उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
नेपालको निर्यात व्यापार, लगानी र पर्यटन प्रबर्द्धनमा परराष्ट्र मन्त्रालय र विदेशस्थित नियोगहरुको भूमिका विषयमा आयोजित सो कार्यक्रममा संघका उपाध्यक्ष माधव राजपालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।




