कोहिनुर बचत तथा ऋण सहकारीको १० औं बार्षिक साधारणसभा सम्पन्न ।

बिरगंज , माघ १९ गते सोमबार ।

कोहिनुर बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १० औ वाषिर्क साधारण सभा सम्पन्न भएको छ ।

बिरगंजको नेशनल मेडिकल कलेजमा सम्पन्न भएको साधारण सभामा कर्पोरेट डेभलपमेन्ट बैंकका प्रबन्धक निर्देशक जैनुदिन अन्सारीको सभापतित्वमा भएको थियो भने आयव्यय प्रस्तुत गर्ने क्रममा संस्थाका प्रमुख अलि असगर अन्सारीले प्रस्तुतिकरण गर्नु भएको छ । कोरोना महामारीको कारण गत बर्ष ७९ करोड ६२ लाख कारोवार भएको थियो भने यश बर्ष ७८ करोड ४८ लाख कारोवार गरेको छ भने कोरोनाका कारण सस्था करिब २ करोड घाटामा रहेको बताए ।

त्यसैगरि साधारणसभामा सस्थाले आफ्नो ९ जना कर्मचारीलाई सम्मान र बोनस समेत प्रदान गरेको थियो । त्यसै गरि आबिद अनसारी ले स्वागत मन्तव्य आबिद अन्सारीले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close