धनुषामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला, दुई जना पक्राउ

रामनारायण यादव
जनकपुरधाम, ०८ भदौ । धनुषामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ स्थित ललियामा ५५ वर्षीय रामवृक्ष मण्डल र २१ वर्षीया अम्बिका मण्डलको शव फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

हत्या गरेको आशङ्कामा प्रहरीले मृतकका छोरा तथा पति ३० वर्षीय भागेश्वर मण्डललाई धनुषा प्रहरीले नियन्त्रणमा लिइएको छ ।

भागेश्वरको बुवा रामवृक्षलाई स्थानीयले खोज्ने क्रममा घरमा नभेटाएपछि गाउँमा खोज तलास गर्ने क्रममा सो घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

हत्या गरेको आशङ्कामा भागेश्वर मण्डललाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी प्रवक्ता बस्नेतले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close