बिरगंजको प्रतिमा चौकमा रहेको समीर अटो पार्टस एन्ड वर्कशपको सिडियोद्वारा उद्घघाटन।

अजित भुजेल

बिरगंज , भदौ ११ गते शुक्रबार ।

बिरगंज महानगर पालिका वडा न.१५ स्थित वाईपासरोड , प्रतिमा चौकमा समीर अटो पार्टस एन्ड वर्कशपको एक कार्यक्रम बीच आज पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले उद्धघाटन गरेका थिए ।

लामो समयदेखि कोरोना भाईरसको कारण व्यापार व्यवसायहरु मन्दी भएको र गाडी घोडाहरु पुर्न बन्द भएको अवस्थामा केही दिनदेखि पर्सामा कोभिडका बिरामीहरु कम भएको र प्रशासनले व्यापार व्यवसायहरुको लागि खुकुलो पारेको अवस्थामा गाडीहरु चल्न थालेपछि बिरगंजमा आवस्यक अनुसार राम्रो गाडी मर्मत र वासिङ्गको लागि यो वर्कशप उपयुक्त रहेको सन्चालक मन्सुर खानले बताउनु भयो ।

यहाँ सानो गाडीहरुको AC, वायरिङ्ग र डेन्टपेन्ट गर्नुको साथै मोटरसाइकल र कारहरुको रिपेयरिङ्ग र वासिङ्ग पनि गरिने प्रोप्राईटर खानले बताउनु भयो ।

उद्धघाटन कार्यक्रममा प्रदेश न.२ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश , जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डे , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतम , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्की , नेपाल पत्रकार महासघ प्रदेश न.२ का पुर्व सदस्य जगत राई , नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष अनुप तिवारी , वडा न.१३ का वडा अध्यक्ष तुफान अन्सारी , यातायात व्यवस्था कार्यालय लाइसेन्स फाट बिरगंजका प्रमुख सुशील साह , व्यवस्थीत बिरगंज अभियानका संयोजक दिलिप राज कार्की , बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाई , भोलेन्टियर समुहका संयोजक राजन श्रीवास्तव , नेपाल पत्रकार महासघका केन्द्रिय प्रतिनिधि बिजय कुशवाह , बिजय भन्डारी , पत्रकार श्याम कुशवाह , नेहाल खान , दिलिप प्रधान , सन्तोषमान रन्जितकार लगायत उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close