
बिरगंज , कार्तिक ०९ गते मंगलवार ।
बिरगंजमा रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना हुने भएको छ । पिसि मिडिया प्रा.लि द्वारा संचालित रेडियो सान्भिले गित संगीतका क्षेत्रमा भविष्य खोज्दै संघर्ष गरिरहेका कलाकारको प्रोत्साहन स्वरुप कार्तिक २२ गते अवार्ड आयोजना गर्न गइरहेको हो ।स्थानीय कला प्रतिभा संरक्षण, प्रवर्द्धन रजगेर्नाका लागि स्थानीय कलाकारहरूलाई अवसर प्रदान गर्ने आयोजकले बताएको छ ।
रेडियो सान्भी म्युजिक अवार्डमा पर्सा ,बारा जिल्लाका कलाकारलाई सहभागी गराइनेछ । अवार्डमा स्थानीय स्तरका १० बिधामा उत्कृष्ट कलाकारहरूलाई सम्मानित गरिने पत्रकार समेलन गरी रेडियो सान्भीले जनाएको छ। म्युजिक अवार्डमा चलचित्र पत्रकार संघ पर्सा शाखाले कलाकार र बिधा छनौट सहितका अन्य प्राबिधिक सहयोग गर्नेछ । कार्यक्रममा मनोरञ्जनका लागि राष्ट्रिय तथा स्थानीय स्तर का ख्याति प्राप्त कलाकारहरुको उपस्थिति हुनेछ ।

रेडियो सान्भीका सतेन्द्र यादवको अध्यक्षतामा भएको पत्रकार समेलनमा प्रमुख अतिथि पत्रकार माहासंघ पर्साका अध्यक्ष अनुप तिवारीले कलाकार उत्पादन भनेको रेडियोबाट भएको छ । कार्यक्रमको संचालन पत्रकार सुर्य बिकले गरेका थिए भने चलचित्र पत्रकार संघ पर्सा कि अध्यक्ष निलिमा पौडेल ,स्थानीय कलाकार अजमत अलि,सुनिल पण्डित लगायतले मन्तव्य व्यक्त गरेका थिए ।




