
बिरगंज , भदौ २० गते आइतबार ।
जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली ल्याएको विभिन्न किसिमका लत्ताकपडाहरु , कस्मेटिक सामानहरु सहित अटो पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्सा मातहत ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले आजै दिउसो १ बजेतिर जिल्ला पर्सा बहुदरमाई न.पा.वडा नं.६ स्थितबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ना.२ ह ५२६३ नम्बरको अटोमा लोड गरी ल्याएको विभिन्न किसिमका लत्ताकपडा तथा कस्मेटिक सामानहरू बरामद गरी रू.७,१८,२६०।-( सात लाख अठार हजार दुई सय साठ्ठी ) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिनुभयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस



