पर्सा जिल्ला रामगढवाका फुलहसन अन्सारी पक्राउ ।

बिरगंज , भदौ २८ गते सोमबार ।

पर्सा प्रहरीले विभिन्न समयमा बिस्फोटक पर्दार्थ , खरखजाना सम्बन्धि कसुर तथा संगठित अपराध कार्यमा रहेको फरार अपराधीलाई पर्सा प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

पर्सा प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरि सो कुरा बताएका थिए ।पर्सा जिल्ला साबिक रामगढवा गाबिस वडा न.८ हाल परिवर्तित बिरगंज महानगर पालिका वडा न.२४ बस्ने बसरुदिन मियाका छोरा बर्ष ३३ को नाम फुलहसन अन्सारी उपनाम बिबेक सिंहलाई पक्राउ गर्न सफल भएको छ ।

निज आफ्नो नाम परिवर्तन गरि भारतको विभिन्न ठाउमा बस्दै आएको र त्यहाबाट रक्सौल र बिरगंजमा अपराधीक घटना घताउने र रकम असुली गर्दै आईरहेको र निज भारतिय आधार कार्डमा बुवा राम बहादुर पतेलको छोरा बर्ष २५ को अन्कित पटेल ठेगाना श्यामपुर गाव पोस्ट आवापुर पुर्बी चम्पारण बिहार ठेगाना रहेको भारतिय आधार कार्ड र नेपाली नागरीकता समेत भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close