अर्काको नाममा कक्षा १२ को परीक्षा दिने दास पक्राउ ।

बिरगंज , भदौ ३० गते बुधबार ।

अर्काको नाममा कक्षा १२ को परीक्षा दिने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले अर्काको नाममा परीक्षा दिने पर्साको पर्सागढी नगरपालिका–८ निवासी राजकुमार दासलाई पक्राउ गरेको हो।
उनी पर्सागढी नगरपालिका–४ बर्वाटाडीमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा दिइरहेको बेला पक्राउ परेका हुन्।

दासले सन्दीप दास थारुको नाममा कक्षा १२ को अंग्रेजी विषयको परिक्षा दिइरहेका थिए। सन्दीपको प्रवेश पत्रको फोटो उप्काएर आफ्नो फोटो टाँसेर परिक्षा दिइरहेको बेलामा प्रहरीले दासलाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

कोरोना संक्रमणका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आज देखि शुरु भएको हो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close