
पश्चिम नवलपरासीको रामपुर खडौना जसपा नेपाल अभिमुखिकरण तथा बिस्तार कार्यक्रम ,२ परासी।पश्चिम नवलपरासीमा जनता समाजबादि पार्टी नेपालले पार्टि सुदृढीकरण तथा बिस्तार कार्यक्रमलाई तिब्रताका साथ अगाडि बढिरहेकाे छ।
विभिन्न स्थानिय तहमा धमाधम पार्टि बिस्तार कार्यक्रममा नेताहरु निकै सक्रियताका साथ लागिपरेका छन।यसैगरि सरावल गाउपालिका वडा न ६ रामपुर खडौना अभिमुखिकरण तथा पार्टि बिस्तार कार्यक्रम सम्पन्न गरेकाे छ। स्थानिय धरेंद्र चौधरी अध्यक्षता तथा पुर्व शिक्षा राज्यमन्त्री माननीय गाेबिन्द चाैधरीकाे प्रमुख अतिथ्यतामा र ज.स.पा केंद्रीय सदस्य सुरेंद्र कुमार पटेल ज्यु, रामपुर खडौना पुर्ब उपाध्यछ लालबहादुर चौधरी ज्यु,लुम्बिनी प्रदेश को ज.स.पा युवा संघ को केंद्रीय सदस्य बिशाखा चौधरी जी,,सरावल गाउपालिका वडा न ७ को वाड अध्यक्ष देवेन्द्र यादव,, सचिव प्रदीप यादव,, दिवाकर यादव समाजसेवी इंद्र कमल यादव, का उपस्तिथि मा वडा न ७ का वाड अध्यक्ष धीरेंद्र चौधरी,, उपाध्यक्ष बीरेंद्र यादव, साथै युवा समिति को अध्यक्ष संदीप कुमार पटेल. उपाध्यक्ष फिरोज खान, महिला संघ समिति अध्यक्ष चन्दा चौधरी,, उपाध्यक्ष लक्षुम चौधरी,, लगाएत्, का गठन गरियोजसपा केंद्रीय सदस्य सुरेंद्र कुमार पटेल रामपुर खडौना पूर्ब उपाध्य्क्ष लालबहादुर चौधरी ज्यु, लगायतले पार्टि बिस्तार बारे आ-आफ्नो धारणा ब्यक्त गर्नु भएकाे थियाे।
कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि चाैधरीले मधेशी ,थारु ,मुस्लिम,दलित पिछडाबर्गकाे हक अधिकार स्थापितका लागि बर्षाैदेखि जसपाले लडाई गर्दै आएकाे र हकअधिकार स्थापित कम लागि लडाई गर्न सधै तयार रहेकाेले सबै समुदायका आम जनता एकजुट भई अगाडि बढनुपर्ने कुरामा जाेडदिनु भयाे। अझै पनि मधेसमा रहेकाे जनसंख्याकाे आधारमा आरक्षण ,सरकारमा सहभागिता,बजेट बिनियाेजन चाहे अनुसार नभएकाे जिकिर गर्नु भयाे ।०६२/६३काे मधेश आन्दाेलनले गरेकाे उपलब्धिहरुलाई सस्थागत गर्न सबै यकजुट हुनुपर्ने बताउनु भयाे । कार्यक्रम बाट धरेंद्र चौधरी अध्यक्षतामा २३सदस्यीय सरावल गापा वडा न ६ काे वडा कार्यसमिति समेत गठन गरिएकाे छ




