
काठमाडौं । सिनामंगलस्थित एक गेष्ट हाउसमा युवायुवती झुन्डिएको अवस्थामा भेटिएका छन् ।
‘होटल जन्मभूमि’ नाम गरेको गेष्ट हाउसको एउटै कोठामा एक युवक र युवती मृत भेटिएका हुन् । प्रारम्भिक अनुसन्धानले घटना आत्महत्या भएको संकेत गरेको छ ।
मृत भेटिएकामा सुनसरी जिल्ला ठेगाना भएका करिब २५–२६ वर्ष उमेरका रमेश माझी छन् भने युवतीको नाम र उमेर नखुलेको गौशाला प्रहरीले जनाएको छ ।
शनिबार साँझ ६ बजे गेष्ट हाउस पुगेका उनीहरु चौथो तलाको कोठा नम्बर १२० मा बसेका थिए ।
आइतबार बिहानसम्म ढोका नखुलेपछि र बोलाउँदा नबोलेपछि प्रहरीलाई खबर गरिएको थियो । उनीहरूले बरन्डाको रेलिङमा सेतो रङको कपडाको सलले दुवै घाँटीमा पासो लगाएका थिए । #nepalviews
आफ्नो प्रतिक्रिया दिनुहोस




