प्रधानन्यायाधीशसंग संवैधानिक कानुन व्यवसायी मञ्च (क्ल्याफ) को नवनिर्वाचित कार्यसमितिद्धारा भेटघाट

सम्माननीय प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराज्युसंग ‘संवैधानिक कानुन व्यवसायी मञ्च (क्ल्याफ) को नवनिर्वाचित कार्यसमितिद्धारा आज २०७८ असोज १३ मा भेटघाट गर्यो । मा. न्यायाधीशज्यूहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, कुमार रेग्मी र मनोज शर्मा समेत सहभागी हुनुभयो ।

भेटघाटमा मंचका नवनिर्वाचित अध्यक्ष दिनेश त्रिपाठीले व्यापक न्यायिक सूधार एवं पारदर्शिताका लागि मा. न्यायाधीश कार्की समितिद्दारा पेश गरिएको प्रतिवेदन तत्काल लागू गर्न तथा संवैधानिक आयोगहरुको गैरसंबैधानिक नियुक्ति सम्बन्धी संवैधानिक इजलासको शीघ्र सुनवाई हुनुपर्ने कुरामा ध्यानाकर्षण गर्नु भयो ।

भेटघाटमा मंचका महासचिव सरोज कृष्ण घिमिरे, सचिव पवन जयसवाल, कोषाध्यक्ष रोशन पोखरेल एवं कार्यसमितिका सदस्यहरु क्रमश: रोशनी घिमिरे एवं पूर्व अध्यक्ष रबि नारायण खनाल, पूर्व महासचिव अनन्त लुइटेल एवं डा. रुद्र शर्मा समेतको सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close