भन्सार छली ल्याएको खुद्रा सामान सहित ट्रक पक्राउ ।

बिरगंज , असोज १५ गते शुक्रबार ।

पर्सा प्रहरीले भन्सार छली गरी ल्याएको खुद्रा सामानहरूसहित ट्रक नियन्त्रणमा लिएको छ।

सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा बाग्मती प्रदेश ०३-००१ ख.०३३० नम्बरको मालबाहक ट्रकमा मेडिकल सामाग्री लगायत अन्य किराना सामानहरू भन्सार छली वीरगञ्जबाट मकवानपुरतर्फ लाँदैगर्दा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले आज दिनको अन्दाजी .१२:१० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ स्थित गण्डक चोकमा उल्लेखित नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा चालक भागी फरार भएको हुँदा उक्त ट्रकलाई मालसामान सहित वेवारिसे अवस्थामा नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close