छिपहरमाई–१ मिर्जापुरमा रास्वपाको वडा कार्यसमिति गठन, संगठन विस्तारलाई तीव्रता

छिपहरमाई–१ मिर्जापुरमा रास्वपाको वडा कार्यसमिति गठन, संगठन विस्तारलाई तीव्रता

पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा भेला सम्पन्न गर्दै वडा कार्यसमिति गठन गरेको छ। संगठन विस्तार अभियानलाई तीव्र बनाउँदै पार्टीले स्थानीय तहमा संरचना मजबुत पार्ने उद्देश्यका साथ वडा तहमा समिति गठनलाई प्राथमिकता दिएको जनाएको छ।

छिपहरमाई–१ मिर्जापुरमा सम्पन्न वडा भेलाबाट प्रमेश्वर प्रसाद पटेल अध्यक्ष, मनोज प्रसाद यादव उपाध्यक्ष र श्रवन यादव सचिवमा चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा शेषनाथ यादव, अमिका यादव, मेघा यादव, बिरेन्द्र शर्मा, अमरेश राम, धमेन्द्र प्रसाद यादव, एकबाली साह कानु र ताराचन्द्र साह चयन भएका छन्।

जितेन्द्र मिश्राको सभापतित्वमा सम्पन्न उक्त भेलामा राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्त प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा प्रदेश प्रचार–प्रसार प्रमुख राम सर्राफ, तुलसी पौडेललगायत पार्टीका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै पर्सा सभापति हरि पन्तले छिट्टै पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा वडा समिति गठन गरिने जानकारी दिए। उनले पछिल्लो समय वीरगञ्ज महानगरसहित जिल्लाभरबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुन चाहनेहरूको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको बताए।

स्थानीय तहमा संगठन मजबुत बनाएर जनतासँग प्रत्यक्ष जोडिने लक्ष्यसहित रास्वपाले आगामी दिनमा अझ सशक्त रूपमा आफ्नो गतिविधि विस्तार गर्ने जनाएको छ।

भेला सभापति जितेन्द्र मिश्राले लोकतन्त्र, सुशासन र जवाफदेहिताको राजनीतिका लागि वडा तहबाटै बलियो संगठन निर्माण आवश्यक रहेको बताए।
स्वच्छ राजनीति र जनमुखी शासनका लागि हामी सबै एकजुट भएर अघि बढ्नुपर्छ। रास्वपा जनताको भरोसाको पार्टी बन्ने यात्रामा निरन्तर अगाडि बढिरहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close