क्वालिटि ईन्टरटेनमेन्ट बेस्ट मोडल अवार्ड २०७८ बाट कलाकार तुलशा कटुवाल सम्मानित

क्वालिटि ईन्टरटेनमेन्ट प्रा.लिद्धारा बिभिन्न क्षेत्रका कलाकर्मी, फेसन डिजाईनका क्षेत्रमा क्रियाशिल ब्यक्तिहरुलाई सम्मान गर्ने उद्देश्यले काठमाण्डौँमा क्वालिटि ईन्टरटेनमेन्ट अवार्ड २०७८ को आयोजित अवार्ड कार्यक्रम राष्ट्रीय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । क्वालिटि ईन्टरटेनमेन्ट प्रा.लिद्धारा आयोजित उक्त अवार्ड कार्यक्रम अन्तर्गत हिजो एक बिशेष औपचारिक कार्यक्र्रमको आयोजना गरी नोमिनेशनमा परेका सर्जक, कलाकार गायक गायिका, नायक नायिका, मोडल तथा नव कलाकारहरुलाई अवार्डका साथै प्रमाणपत्रका साथ सम्मान तथा पुरस्कार वितरण गरीएको थियो ।

विगत डेढ दशकदेखि नेपाली कलाकारिताका क्षेत्रमा समर्पित चर्चित तथा सफल कलाकार मोडल तुलशा कटुवालले मिति २०७८ असोज १३ गते काठमाण्डौँको जमलस्थित नाचघरमा आयोजना गरीएको क्वालिटी ईन्टरटेन्मेन्ट अवार्डमा २०७८ सालमा रिलिज भएको जिन्दगी अझै जिउनु छ गीतबाट बेस्ट मोडल अवार्ड जित्न सफल भएकी हुन ।

क्वालिटि ईन्टरटेनमेन्ट प्रा.लिद्धारा आयोजित उक्त अवार्ड कार्यक्रम मार्फत भिजन अनलाईन न्युजका सम्पादक तथा कलाकार मोडल तुलशा कटुवाल पनि जिन्दगी अझै म्युजिक भिडियोबाट बेस्ट मोडल अन्तर्गत नोमिनेशनमा पर्न सफल भएकी थिईन । दजनौँ म्युजिक भिडियोमा आफ्नो अभिनय दिईसकेकी सम्पादक तथा कलाकार मोडल तुलशा कटुवालको भने यो पहिलो पटक अवार्ड नोमिनेशनमा परी अवार्ड जित्न सफल भएकी हुन ।

क्वालिटी फिल्मस् प्रा लिको आयोजनामा भएको उक्त अवार्डमा फिल्म,म्युजिक,फेशनका विभिन्न बिधामा अवार्ड वितरण गरिएको थियो । उमेश गुरुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय सभाका माननिय श्री गणेश प्रसाद तिमल्सिना प्रमुख अतिथि, पूर्व सेनापति श्री राजेन्द्र क्षेत्री बिशेष अतिथि रहनु भएको थियो भने कार्यक्रमको संचालन आवाजका दुनियाका साथी दिनेश डि सीले गर्नुभएको थियो ।

चलचित्र बिकास वोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजकी पूर्व अध्यक्ष एवं प्रथम चलचित्र महिला निर्देशक शुचित्रा श्रेष्ठको उपस्थिति रहेको थियो । कलाकार तथा मोडल तुलशा कटुवालले सभापति उमेश गुरुङको हातबाट बेस्ट मोडल महिला तर्फको अवार्ड लिएकी थिई ।

धादिङ निलकण्ठ स्थायी घर भएका मोडल तथा कलाकार तुलशा कटुवालको जन्म भने पूर्वी नेपालको प्रदेश १ अन्तर्गत संखुवासभा जिल्लाको चैनपुरमा  स्व. पिता इन्द्र बहादुर कटुवाल  र माता नरमाया कटुवालको एक मात्र छोरीको रूपमा जन्मीएकी हुन ।

कलाकार तथा मोडल तुलशा कटुवाल सानै उमेर देखि स्थानीय स्तरमा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुने गर्थिन । समयको गतिसँगै राजधानी काठमाडौँलाई अध्ययन र कलाकर्म साधनाको केन्द्र बनाउनु भएका कलाकार तथा मोडल तुलशा कटुवालको प्रारम्भिक शिक्षा संखुवासभा चैनपुर रातमाटेमा रहेको श्री सर्बमंगलम नि.मा.बिबाट कक्षा ७ सम्मको पढ़ाई गरेका कलाकार तथा मोडल तूलशा कटुवालले कक्षा ८ भने धनकुटामा अवस्थित त्रिवेणी माध्यमिक बिध्यालयबाट गरेकी थिइन ।

त्यस पश्चातको माध्यमिक र उच्च माध्यमिक तह ललितपुर स्थित जावलाखेलमा रहेको वेलह्याम्स उच्च माध्यमिक बिध्यालयबाट पूरा गरेकी हुन । हाल रत्नराज्य लक्ष्मी क्याम्पसबाट समाजसास्त्र र राजनीतिक शास्त्रमा स्नातक गरेकी मोडल तुलशा कटुवाल कलाकारिता संगसंगै पढ़ाईलाई पनि निरन्तरता दिने बताउछिन ।

जीवनको विभिन्न आरोह अवरोहलाई पार गर्दै कलाकार क्षेत्रमा स्थापित मोडल तुलशा कटुवाल जीवनलाई सार्थक बनाउनका लागि इमान्दार,मेहेनती र नैतिकवान भएर आफूले रोजेको कर्ममा लाग्नुपर्ने बताउनु हुन्छ ।

आजको यो अवार्डलाई जीवनको एक अमूल्य सपनाको उपलब्धि रहेको र यसले भावी दिनमा अझ राम्रो काम र मेहनत गर्न उत्प्रेरणा मिलेको बताउदई आगामी दिनमा अझ सक्रिय भएर यसै क्षेत्रमा निरन्तर लाग्ने बताउनु हुन्छ । visiononlinenews

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close