शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

राहुल गुप्ता
बाराको प्रसौनी गाउँपालिका-६ बेलहिया प्रस्टोमा हिन्दुहरूको महान पर्व शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम को प्रमुख अतिथि रहनु भएका नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादव ले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कुनै पनि समस्या आईपरेको खण्डमा वार्ड,क्षेत्र संग समन्वय गरि समस्याको समाधान गर्न २४ घण्टा सहयोग गर्ने र हिन्दुहरूको महान पर्व शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्नु भएका थिए ।

त्यस्तै उक्त कार्यक्रममा नेपाली कांग्रेस बारा जिल्ला क्षेत्र नं ४ ख का सभापति लोकेश सिंह ले शुभ दिपावली तथा छट पर्व को अवसर मा सुख , शान्ति र उत्तरोत्तर प्रगतिको कामना गरे । त्यस्तै नेपाली कांग्रेस सरकारका राम्रा कामलाई प्रोत्साहन गर्ने र नराम्रा कामलाई खबरदारी गरेर अगाडि बढ्नु पर्ने भएकाले सम्पूर्ण पार्टीका नेता तथा कार्यकर्ताहरु एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

नेपाली कांग्रेस एकाई सभापति गौरीशंकर साहको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस बारा जिल्ला क्षेत्र नं ४ का सभापति सुनिल गुप्ता,नेपाली कांग्रेस बारा जिल्ला सदस्य नन्देश सिंह,नेपाली कांग्रेस बारा क्षेत्र नं ३ का सह सचिव नाजिर अंसारी,तरुण दलका केन्द्रिय सदस्य राज किशोर गुप्ता ,तरुण दलका बारा जिल्ला सभापति दिपेन्द्र पटेल,तरुण दल बारा जिल्ला क्षेत्र नं ४ का क्षेत्रीय सभापति दिपक कुमार साह,नेपाली कांग्रेस युवा नेता सौरभ गुप्ता र तरुण दलका युवा नेता शुभ नारायण गुप्ता लगायतकाले आ-आफ्नो शुभकामना सहित विभिन्न समसामयिक विषयवस्तुहरुमा चर्चा गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close