नेपाल उद्योग बाणिज्य महासघ प्रदेश न.२ को आयोजनामा दसैंको सुभकामना आदानप्रदान तथा चित्रकला प्रदर्सन ।

बिरगंज , असोज २२ गते शुक्रबार ।

बिजया दशमिको अवसरमा सुभकामना आदान- प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भयो।

नेपाल उद्योग वाणिज्य महासघ प्रदेश न.२ को आयोजना आज बिरगंजको होटेल भिस्वा महासघका अध्यक्ष गणेश लाठको अध्यक्षतामा भएको सो कार्यक्रममा स्थानीय कलाकार अमजद अलि अन्सारी र मुकेश महतो नुनियाको चित्र कलाकृति समेत प्रदर्शन गरिएको थियो ।

त्यसैगरि साहित्यकार दिनेश पौडेलको भादवत गिता नेपालीमा अनुवाद गरिएको पुस्तक पनि बिक्रिको लागि राखिएको थियो । ईच्छुक व्यक्तिले प्रदर्सनमा राखिएको चित्र खरिद गर्न सक्ने समेत बताए ।

सुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश न.२ का उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा , नेपाल पत्रकार महासघका केन्द्रिय सचिव दिपेन्द्र चौहान , प्रदेश न.२ का महासचिव श्याम बन्जरा , पर्साका अध्यक्ष अनुप तिवारि , पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे , सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल , पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे , सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका , बिरगंज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष अशोक टेमानि , विभिन्न उद्योगपति , व्यापारीहरु , समाजसेबि , विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरु , संघसस्थाका पदाधिकारीहरु , सन्चारकर्मिहरु , एनजिओ- आईएनजिओका पदाधिकारीहरु , बुद्धिजिबिहरुको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close