बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी टोलमा शनिबार विराट कुस्ती प्रतियोगिता सम्पन्न

बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी टोलमा शनिबार विराट कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । श्री महावीरि झण्डा मेलाको उपलक्ष्यमा सो प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रम का प्रमुख अतिथी पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य तथा जन्ता समाजवादी पार्टीका युवा नेता प्रदीप यादवले यति राम्रो प्रतियोगिता आयोजना गरेकोमा आयोजक समितिलाई धन्यवाद दिनु भएको थियो । सांसद यादवले कुस्ती मधेशको सान रहेको र पहवानी खेलले पनि देशको सान बढाउने हुनाले यसको पनि विशेष महत्व रहेको बताउनुभयो ।

वहाले पहावनहरुको हकमा केन्द्र सरकार खासै केही न गरे को र प्रदेश सरकारले पनि कुस्तीमा लगानी नगरेको र खेलाडीहरूलाई कुनै सुभिदा नदिई उनीहरूको मनोबल गिराउने काम गर्दा आज पहलवानहरु निरास हुने पुगेको र यसलाई ध्यानमा राखी पहवालानहरुको लागि रोजगारीको व्यवस्था गर्न माग गर्नुभयो । वहाले आफ्नो तर्फबाट पनि सकेजति सहयो गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि परवानीपुर गाउँपालिका का कार्यपालिका सदस्य संजु साहले स्वागत मन्तब्य राख्दै खेल जीवन हो, न हारौ न जितौं , जीवन खेल हो यसलाई खेलौं आफ्नो भनाइ राख्नु भएको थियो । वहाले यस प्रतयोगिताबाट खेलाडीहरुको भविष्य उज्वल रहेको र आउने दिनहरुमा अझ यस्तै प्रतियोगिताहरू आयोजना होस भने शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिका प्रमुख हरिनारायण साह, वडा नं ५ का वडा अध्यक्ष रामेश्वर साह, पाच वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा कर्मी, स्वचछ समाज युवा क्लबका अध्यक्ष भूपेन्द्र पटेल, उपाध्यक्ष उमेश साह, प्रमोद यादव, छिमेकी देश भारतका, गोरखपुर, लुधीयना, पटना, बिहार, पंजाब, र नेपालबाट जनकपुर, बारा पर्सा लगायतका जिल्लाबाट पहलवानहरुको जोरदार कुस्ती प्रस्तुत गरिएको थियो ।

कुस्ती प्रतियोगिता मेला समितिका अध्यक्ष महावीर प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रतियोगितामा बारा, पर्सा, रौतहट जिल्लाका सर्व साधारणहरुको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close