
नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ को वडा अधिवेशन आज लोसण्डामा सम्पन्न भएको छ ।
अधिवेशनले राम देवराय भराको अध्यक्षतामा ३५ सदस्यिय वडा कमिटी र सिबशन्कर महत्त्वोको अध्यक्षतामा १५ सदस्यिय सल्लाहकार परिषद् गठन गरेको छ ।
अधिवेशनमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर २ का अध्यक्ष ज्वाला कुमारी साह,नेकपा एमालेका नेता तथा पूर्वमन्त्री पूर्वमन्त्री पुर्शोत्तम पौडेल,नेकपा एमाले बाराका अध्यक्ष देवनारायण चौधरि, प्रदेश कमिटीका सदस्यहरु भुदेव चौधरी अमृत शर्मा, एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेल,जिल्ला कमिटी सदस्य ताराबहादुर कार्की,जिल्ला सल्लाहकार सदस्य भोला अधिकारी,पेसागत महासङ्गका बाराका अध्यक्ष दिनेश ठाकुरलगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वडा नम्बर ९का अध्यक्ष प्रभुनाथ चौधरी,नेकपा एमाले जितपुरसिमरा वडा नम्बर १ का अध्यक्ष रबिन्द्र खकुरेल,वडा नम्बर ३ का अध्यक्ष शुक्र श्रेष्ठ, नेकपा एमालेका युवा नेता मनाेज कुमार साह ,रमेश पौडेल,सुनिल गुप्ता ,मोजाहिर अन्सारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम रालगन राय भरको सभापतित्वमा र छोटेलाल चौधरीको सहजीकरणमा सम्पन्न भएको थियो । newsabhiyan




