
वीरगञ्ज उद्योग वाणिज्य संघले हालै वीरगञ्ज महानगरपालिकालाई १५ वटा कुर्सी र १५ वटा टेबल प्रदान गरेको छ। तर, यो सहयोगले संघकै नेतृत्वमाथि प्रश्न उठाएको छ। वीरगञ्ज उधोग वाणिज्य संघका पुर्व अध्यक्ष ओमप्रकाश शर्मा ले भने अर्बौंको बजेट भएको संस्थालाई यस्तो सानो सहयोग गर्नु “सूर्यलाई दियो देखाउने” जस्तै भएको छ।
त्यस्तै वीरगञ्ज उधोग वाणिज्य संघका पुर्व अध्यक्ष, पदाधिकारीहरु तथा सल्लाहकारहरु सँग राय ,सल्लाह नलिइ निवर्तमान अध्यक्ष हरि प्रसाद गौतमले एकलौटी ढङ्गले चलाउदै आएको यस संघका पदाधिकारीहरूले आलोचना गरेका छन।
संघको मुख्य दायित्व उद्योगी तथा व्यवसायीहरूको हितमा काम गर्नु हो। तर, आलोचकहरूले भनेका छन् कि संघले साना तथा घरेलु उद्योग, उद्यम र रोजगारी सिर्जनामा काम गरिरहेका संस्थाहरूलाई बेवास्ता गर्दै ठूला संस्थाहरूलाई मात्र प्राथमिकता दिएको देखिन्छ।
स्थानीय उद्योगीहरूका अनुसार वीरगञ्ज महानगरपालिकाले विगतमा उद्योग वाणिज्य संघसँग विभिन्न विषयमा असहमति जनाउँदै आएको थियो। त्यसै सन्दर्भमा, अहिलेको यो जिंसि सहयोग अध्यक्ष हरी गौतमको व्यक्तिगत स्वार्थ पूर्तिका लागि गरिएको हो भन्ने धारणा पनि देखिएको छ।
साना तथा घरेलु उद्योग संघका पदाधिकारीहरूले भने, “हामीले पनि संघसँग आफ्ना संस्थागत आवश्यकताका लागि सहयोगको अपेक्षा राखेका थियौं, तर हाम्रो अनुरोध बेवास्ता गरेर महानगरपालिकालाई सहयोग पुर्याउनु पक्षपातपूर्ण निर्णय हो।”
यस घटनाले वीरगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वको निष्ठा र उद्देश्यमा प्रश्न खडा गरेको छ। उद्योगी तथा व्यवसायीहरूबीच अहिले संघको भूमिकाप्रति असन्तोष र अविश्वास बढ्दै गएको देखिन्छ।
स्थानीय व्यवसायीहरूको भनाइ छ। “उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरूको हितमा भन्दा पनि व्यक्तिगत सम्बन्ध र स्वार्थका आधारमा निर्णय गर्न थालेको छ भने त्यसले संघको विश्वसनीयतामै असर पार्नेछ।”





