नक्कली चोरीको घटना पैसाको बलमा बलात्कारमा परिणत निर्दोष युवा लाइ जेल

प्रहरीले आफनो इमान बेचेर काम गरे पछि एक युवा निर्दोष भएर पनि जेल बस्न बाध्य भएको एउटा घटना प्रकाशमा आएको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर ९ बस्ने रामनरेश प्रसाद सोनार उर्फ बच्चा सोनारकी छोरी रानी (नाम परिवर्तन गरिएको ) त्यहि बस्ने केटा राज बिक्रम शाहसँग प्रेम संबन्ध गाँसेकी थिइन ।

बच्चा सोनारलाई यो प्रसंग थाहा भएपछि असोज २ गते बिहानै राज सहित उसको साथीहरु मेरो घरमा पसेर मेरो घरमा चोरी गरेको हल्ला फिजाए र रानीघाट प्रहरी चौकीलाई खबर गरी बिहानै प्रहरीलाई बोलाई राजलाई पक्राउ गर्न लगाए, त्यसपछि राजलाई जिल्ला प्रहरी कार्यालय पर्सामा लगियो ।

असोज ३ गते संबिधान दिवसको दिन आईतबार जिल्ला प्रहरी कार्यालय पर्साको प्राँगनमा सुन चाँदी ब्यवासायी संघका केन्द्रीय उपाध्यक्ष शिव कुमार सरार्फ र नेपाल सोनार समाज पर्साका सचिव प्रवेश सरार्फ र अभियुक्त राज बिक्रम शाहको बुवा जलेश्वर साह सरार्फ समेतको रोहवरमा छलफल भयो ।

त्यस दरम्यान बच्चा सोनारले आफुलाई अ‍ैषधि खाने समय भयो म औषधि खाएर आउनेछु भनि घर गएर मोबाईल अफ गरे र सम्पर्कमा न आएको जलेश्वर सराफको भनाई रहेको छ ।

मेडिकल रिपोर्टले पनि बलात्कार नभएको पुष्टि गर्छ ।
भेलि पल्ट सोमबार प्रहरीसंगको मिलोमतोमा जबरजस्ती करणीको मुदामा मुदा चलाई मेरो छोरालाई अहिले पुर्पक्षमा जेल पठाएकोमा जलेश्वर सरार्फको परिवारमाथि अहिले बज्रपात भएको छ ।

मोटर साईकल दुर्घटनामा परी मानसिक अवश्था अलि ठिक न भएको र आफनो छोराको उपचार चलिरहेको र यस्तो अवस्थामा आफ्नो छोरामाथि जाल झेल षडयन्त्र गरी फसाएकोले सर्राफ परीवार लाई थप पीडा परेको छ ।

बच्चा सोनारले घटनाको दिन जलेश्वर सर्राफसंग घटनाको दिन पहिलो पल्ट फोनमा कुरा गर्दा तिम्रो छोराले मेरो घरमा चोरी गरेको भनेका थिए । बच्चा सोनारले आफनो एक मात्र छोरी रानि (नाम परिवर्तण) लाई अत्याधिक यातना दिने गरेकोले उनको छोरी पटक पटक भागेर आफनो घरमा आउनेगरेको जलेश्वरले बताए ।

कयौं दिनसम्म छोरी माईती नेपालको आश्रय स्थलमा समेत बसेकी थीइन । बच्चा साह सोनार भारतीय नागरीक हुन नेपालमा रामनरेश प्रसादको नामले बस्ने गरेका छन र झुटो बिवरण पेश गरी नेपाली नागरीकता समेत लि सकेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close