
बिरगंज , असार २३ गते मंगलवार ।
मिति २०६८।१०।१६ गते जिल्ला पर्सा साविक प्रसौनीभाठा गा. बि.स. वडा नं.५ हालको परिवर्तित विन्दवासिनी गा.पा.वडा नं.५ बस्ने बर्ष अ.५० को बलिष्टर साह तेलीको गाईगोठबाट अवैध लागु औषध गाँजा ४० किलो फेला परेको लागु औषध मुद्दामा वरदात पश्चात फरार रहेका अभियुक्त बलिष्टर साह तेलीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०३।२३ गते बिहान अ.०८:०० बजेको समयमा निजकै गाउँघरमा लुकिछिपी बसि रहेको अबस्थामा फेला पारी नियन्त्रणमा लिई म्याद थप गरि अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




