बाराको परवानीपुर गाउँपालीका वडा नं ५ बहुअरी टोलमा रहेको श्री विष्णु नारायण धर्मसालाको समुद्धाटन एक कार्यक्रमकाबिच समपन्न

कात्तिक,१७
बाराको परवानीपुर गाउँपालीका वडा नं ५ बहुअरी टोलमा रहेको श्री विष्णु नारायण धर्मसालाको समुद्धाटन एक कार्यक्रमकाबिच समपन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी पूर्व भौतिक पुर्वधार विकास मन्त्री तथा लोकतान्त्रिक समाजवादी पाटी प्रदेश नं २ का संनसदिय दलका नेता जीतेन्द्र सोननले गर्नुभएको थियो ।

वहाले आफु मधेस र मधेसी जन्ताको सेव गर्न हरसम्भव तैयार रहेको बताउनुभयो । मन्त्री सोनलले आफु मन्त्री पदमा हुदा प्रदेशभरी बिकास गरेको बताउनुभयो । वहाले बिकासको मामीलामा सबै राजनीतिक दलहरु एक भएर सकारात्मक रुपले एक ठाउँमा उभे मात्र बिकास पुरा हुने कुरामा जोड दिनुभयो ।

मन्त्री सोनलले अहिले समाजमा एकअर्कालाई आदर सत्कार गर्ने सास्कृती हराउदै गएको र सास्कृतीलाई जोगाउन र एकअर्कासंग मिलेर बस्ने कुरामा जोड दिनुभयो । वहाले अबको समय राजनीतिक दलहरुको लागी परीक्षाको समय भएको हुनाले सही नेतृत्व छान्न आम जन्तालाई अनुरोध गर्नुभयो ।

लोकत्रन्त्रमा जन्ता नै सर्वपरी भएको हुनाले आफु जन्ताको सेवक भएको र अन्तिम सांससम्म मधेश र मधेशी जन्ताको हक अधिकारको लडाई लडने प्रतिबद्धता ब्यतm गर्नुभयो । यो धर्मशाला निमार्णले यहाका स्थानीय जन्तालाई बिवाह, सामाजीक कार्य गर्नमा धेरै सुविधा भएको र आउने दिनमा बाकी रहेका सडक, नाला , खेलकुद मैदान लगायताका कार्यहरु पुरागर्ने प्रतिबद्धता ब्यतmगर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी बारा क्षेत्र नं ४ का क्षेत्रीय सांसद तथा पुर्व खेलकुद बिकास मन्त्री एकवाल मियाले शुभकामना मन्तब्य दिदै बारा र पर्सा जील्लाभरीमा यस्तो धर्मसाला कही नभएकोले निर्माण समीतीका सदस्यहरुलाई धन्यवाद दिनुभयो ।

वहाले बिकासको गर्नको लागी आफुहरु कहिले पनी पछाडी नहटेको र लोकतान्त्रीक समाजवादी पाटी सदै जन्ताको विकासमा लाग्ने हुनाले आफुरु स्थानीय, प्रदेश र केन्द्रसम्म लडेर विकासको काम गरेर देखाउने बताउनुभयो । कार्यक्रममा नेपाल बार एसोसिएसनका केन्द्रिय उपाध्यक्ष शिवचन्द्र सिंहले शुभकामना दिदै धर्मलासा निर्माणले बहुअरी टोलका स्थानीहरुलाई सादी, बिवाह लगायत सामाजीक कार्यमा ठुलो सहयोग पुगेको र यसको उचित ब्यवस्थापन गर्नमा निर्माण समीतीलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा गाउँपालीका प्रमुख हरिनारायण साहले शुभकामना ब्यतmगर्दै यो धर्मशाला र्निमाणमा गाउँपालीकाले लगानी गरेको र आउने दिनमा बाकीरहेका कामहरु समयमा समपन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा गाउँपालीकाका कार्यपालीका सदस्य संजु साहले स्वागत मन्तब्य राख्दै धर्मसाला निर्माणको उदघाटनको दिन सबै वडावासीको लागी एतिहासिक दिन भएको बताउनुभयो ।

वाहाले यस कार्यको लागी पूर्व मन्त्री जीतेन्दर सोनल, सघीय साँसद एकबाल मिया, गाउँपालीका प्रमुख हरिनारायण साह लगायत निर्माण समितीलाई बिशेष धन्यवाद दिनुभयो । वहाले बहुअरी टोलमा अझ बिकास र प्रगतीको लागी छठीमातासंग कामना गर्नुभएको थियो ।

कार्यक्रममा लोकतान्त्रीक समाजसेवी वाटीका गाउँपालीका अध्यक्ष जगत नारायण मण्डल, समाजसेवी दारासिंह पटेल , लालबहादुर पटेल, असेश्वर पटेल, भोला मीया, अजय पटेल, शिवसंकर पटेल, डा प्रमोद यादव, भरत ठाकुर , राजु देवान, ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरिक्षक विन्देश्वर यादव लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा स्वच्छ समाज यूवा क्लबका अध्यक्ष भुपेन्दर पटेल , उपाध्यक्ष उमेश साह, कोषाध्यक्ष मुरतुजा आलम, क्लबका सदस्य प्रमोद पटेल, अखिल पटेल, दिपेन्द्र पटेल, लगायत राजनीतिक दल, समाजसेवी , धर्मसाला निर्माण समितीका सदस्य , सुरक्षाकर्मी लगायतहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन संचारकर्मी आनन्द पटेलले गरेका थिए भने कार्यक्रम धर्मसाला निर्माण समीतिका अध्यक्ष तथा लोकतान्त्रीक समाजवादी पाटीका नेता सुरेश पटेलको अध्यक्षतामा समपन्न भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close