
विनोद मण्डल मंसिर ३ । सिरहाको धनगडीमाई १० बाट आज भारी परिमाणको लागू औषध सहित प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।
दिँउसो करिब १२.३० बजेको समयमा ईलाका प्रहरी कार्यालय धनगढी बाट खटि गएको प्रहरी टोलीले धनगढीमाई नगरपालिकाको वडा नं १० मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ०२-०२३ प .९३९ नम्बरको ontest मोटरसाइकललाई चेक जाच गर्ने क्रममा सप्तरी खड्ग नगरपालिका वडा नं ७ बस्ने वर्ष २५ को नागेश्वर भगत र जिल्ला धनुषा औरही गाउँपालिका वडा नं ५ को वर्ष २९ को रमन कुमार कर्णको साथबाट पोफिन १९४ येम्पुल , प्रोमिथोजाईम ३४२ येम्पूल , डाईजोपाम ३८२ येमपुल र लेबल नभएको १८२ येमपूल लगायत भारी मात्राको लागू औषध सहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस