
वीरगंज, पर्सा
जिल्ला प्रशासन कार्यालय पर्सा र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साको संयुक्त नेतृत्वमा बिभिन्न पसलहरुमा भएको सम्मान को खरिद बिल माग्दा उत्क बिल देखाउन आलटाल गरेको को कारण बिभिन्न पसलहरु लाइ जरिवाना गरेको छ ।
जस्तै:-
१. न्यू गेजेटस जोन, वीरगंज १३ पर्साले खरिद बिल नदेखाएकोले रु.१०,०००।– (दस हजार)
२.बालाजी डिपाटमेन्टल स्टोर्स वीरगंज १० पर्सा खरिद बिल नदेखाएकोले रु.१०,०००।– (दस हजार)
३. न्यू मेलोडी वीरगंज ७ रेश्मकोठी पर्सा खरिद बिल नदेखाएकोले रु.१०,०००।– (दस हजार)
४. रुची सापिंग सेन्टर वीरगंज ७ पर्सा खरिद बिल नदेखाएकोले रु.१०,०००।– (दस हजार)
५.राईट च्वाईस वीरगंज ७ पर्सा खरिद बिल नदेखाएकोले रु.१०,०००।– (दस हजार)
६. नेपाल म्युजिक सेन्टर वीरगंज ६ पर्साले अनुगमन कार्यमा असहयोग गरेकोले रु १०,०००।– (दस हजार)
७. कादमिया स्टोर्स वीरगंज ७ पर्साले अनुगमन कार्यमा असहयोग गरेकोले रु ५,०००।– (पाँच हजार)
उक्त रकम सात दिन भित्र बैंक मा जम्मा गरी भौचर कार्यालय मा पेश गर्न निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय सूचना अधिकारी दिलिपि खंग खत्वेले जानकारी दिएका छन ।
जिल्ला प्रशासन कार्यालय पर्सा र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा को संयुक्त नेतृत्व मा जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगंज उद्योग वाणिज्य संघ, कन्जुमर आई नेपालको प्रतिनिधि सहितको अनुगमन टोलीले वीरगंज बजार अनुगमन गरिएको थियो।




