
मिस एयर होस्टेज २०२१ का प्रतियोगीहरुले आफ्नो प्रतिभा देखाउने कार्यक्रम सम्पनन भएको छ ।
सिजन मिडियाद्धारा आयोजना गरिएको मिस एयर होस्टेज २०२१मा सहभागी ३० जना प्रतियोगीहरुले आफ्नो आन्तरिक प्रतिभा काठमाडौं हात्तिसार स्थित नेपाल हाउसमा देखाएका थिए ।
उक्त कार्यक्रममा कृतिका अधिकारी,जेष्टीना श्रेष, रेवा तामाङ,रेखा भण्डारी,सितल तामाङ,आयुशा पाण्डे,रेविका रानामगर, मनिषा निरौला ,प्रकृति गुरुङ,समिक्षा माझि,आयुशा मर्हजन, सृजु घिमिरे,निलिमा राजवंसी,रविना श्रेष्ठ,प्रिया कर्मचार्य, मन्दिरा भट्ट अनिषा परियार,श्रीर्या न्यौपाने,सुपेक्क्षा वलि र प्रिति तामाङले नेपाली गितमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।
सुस्मीता गौतमले छाउपढीको विषयमा नाटक प्रर्दशनि गरेकी थिइन त्यसै गरि अन्सु राई, आसा डंङ्गुरा, अप्सरा सुनुवार, सृजना अर्याल, साङ्मा लामु सेर्पा र विनिता ढकालले नेपाली गित गायन मार्फत आफ्नो आन्तरिक प्रतिभा देखाएका थिए । प्रिस्किला गुरुङ,डिना खड्की र सुजिना विश्वकर्माले विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए ।
उक्त कार्यक्रममा निर्णायक मंण्डलमा वरिष्ठ नृत्य निर्देशक राजेन्द्र राई , हिमालय एयरलाइन्सका इन्जिनियर रन्जित जैशवाल,मोडल तथा जुम्वा प्रशिक्षक सोनाम के सी , मिसेस व्यूटी क्वीन नेपालकी विजेता तथा व्यूटिसियन शान्ति लिम्वु र वुद्धएयरकी विमान परिचारिका स्वारात्मिका वस्नेत रहनु भएको थियो ।
उक्त प्रतियोगिताको अन्तिम प्रतिष्प्रर्धा आगामी पौष १५ गते राष्ट्रिय नाचघर जमलमा हुनेछ ।




