
वीरगंज, पर्सा
वीरगंज महानगरपालिका वडा नं १ का वडा अध्यक्ष मनोज राउत कुर्मीले एकशनमा आएका छन्।२०६३ सालमा नागरिकता बानएका उतम कुमारले आफ्नो छोराछोरीको नागरिकता बनाउनको लागि वडा कार्यालयमा नागरिकताको सिफारिस गराउन जादा वडा अध्यक्ष कुर्मीले गृह मन्त्रालयले परिपत्र जारी गरेको अनुसार प्रमाण लयाउनु माग गर्दा प्रमाण जुटाउन नसकेपछि वडा अध्यक्ष कुर्मीले नागरिकताको सिफारिस हुन सक्दैन भनि फर्काएका थिए ।
आफ्ना छोराछोरीलाई नागरिकता बनाउन पुगेका उतम कुमार सँग वडा अध्यक्ष कुर्मीले गृहमन्त्राल द्वारा १५ वटा कागजात पेश गरेर नागरिकता लिने प्रावधान तोकेको मध्ये उतम कुमारले १०% सम्म कागजात पुगाउन सकेन साथै स्थायी बसोबासको कागजात,पानी,बिजुलीको बिल समेत मागदा उतमले प्रमाण पुगाउन नसकेपछि अन्तमा तपाइ कुन घरमा बस्नु हुन्छ भन्नू हामी सर्जमिन गर्छौ भने पछि आलमगिर को घरमा जादा उहा सालमा (१/२)एक /दुइ चोटी आउनु हुन्छ बस्नु हुन्छ तर आलमगिर ले भने मेरो घरमा स्थायी रुपमा बसोबास छैन भनि वडा अध्यक्ष लाइ बताए।
उतमको छोराछोरीको नागरिकताको सिफारिस वडा अध्यक्ष कुर्मि ले नगरेपछि उतम कुमार ले वडा अध्यक्ष कुर्मि सँग भने कि मेरो बसाइ सराइ गर्दिनु म यहा बसदिन भने पछि वडा अध्यक्ष कुर्मिले भने तपाइ पानि/बिजुलीको बिल अथवा बसाइ सराइ ल्याउनु तब हुन्छ भनेछी उतम ले मिडियामा गएको वडा अध्यक्ष कुर्मि ले बताए।
वीरगंज वार्ड नं १ का वडा बासिले उतम कुमार हाम्रो वडाको होइन त्यसको छोराछोरी को नागरिकता बन्नु पर्दैन भनि वडा कार्यालयमा निवेदन समेत परेको वडा अध्यक्ष कुर्मी ले बताए।वडा अध्यक्ष कुर्मि का अनुसार उतम कुमार भन्ने व्यत्कि भारतको हो २०६३ सालमा १०००/- एकहजार रुपैयाँमा नागरिकता बिक्रि भइरहेको बेला नागरिकता लिएको हो त्यो उतम भन्ने हाम्रो वडाको बासिन्दा नभएको बताए साथै उसँग कुनै प्रमाण समेत नरहेको बताए।





