सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लिको आयोजनामा कोरोना भाईरस सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न ।

बिरगंज , माघ १२ गते बुधबार ।

दिनानुदिन बढदै गैइ रहेको कोरोना भाईरसको नया भेरियन्ट ओमिक्रोनको संक्रमणलाई न्युनिकरण गर्ने उदेश्यले समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरि सेवा केन्द्र श्रीपुर मुर्लिको आयोजनामा कोरोना भाईरस सम्बन्धि जनचेतनामूलक तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

बिरगंज महानगर पालिकाका वडा न.१४ को वडा अध्यक्ष भरत प्रसाद कुर्मिको अध्यक्षतामा तथा सशस्त्र प्रहरी बल नेपाल १३ न. गणका सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मल थापाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा कोरोनो भाईरसको तेस्रो चरण ओमिक्रोनमा हामि सबै समुदाय वडा देखि लिएर स्कुलका विद्यार्थी , राजनैतिक पार्टी , स्थानीय निकाय , विभिन्न संघसस्था, सरोकारवालाहरुले आआफ्नो ठाउबाट , क्षेत्रबाट यस्ता जनचेतनामुलक कार्यक्रम गरे यसलाई रोकथाम गर्न मदत पुग्ने थापाले बताए ।

त्यसैगरि बिशिस्ट अतिथि सामुदायिक सेवा केन्द्र मुर्लि श्रीपुरका अध्यक्ष राम सरार्फले हामि सबै जागरुक हुनु जरुरी रहेको, यो महामारी तत्काल समाप्त नहुने र WHO ले दिन प्रतिदिन कुनै न कुनै नया किसिमको भेरियन्ट जन्मि रहने भएकोले यसबाट बच्न माक्स अनिवार्य लगाउनु पर्छ , भाईरसलाई रोक्ने भनेको ढालको रुपमा माक्स नै भएकोले यसलाई प्रयोग गर्न नबिर्शन आग्रह गर्नु भएको थियो ।

सो कार्यक्रममा सिद्धार्थ स्कुलका प्रधानाध्यापक अनिल बर्णवाल , नरसिंह माबिका प्रधानाध्यापक बिनोद मेहता , जसपा प्रदेश न. २ का उपाध्यक्ष बृजमोहन तिवारी , समाजसेवि नुरहोदा अन्सारी , सामुदायिक सेवा केन्द्र मुर्लि श्रीपुरका उपाध्यक्ष रेखा घिमिरे , सचिव दिलिप प्रधान , सदस्य हबिब अन्सारी , वडा न.१४ का सदस्य सन्जय पटेल , रफिक अन्सारी , गायत्री देबि , राजन देबि राम , वडा सचिव राजकुमार सिंह लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

स्वागत मन्तव्य बिरगंज हेल्थ पोस्टका ईन्चार्ज उरुपलाल साहले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन सन्चारकर्मि अजित भुजेलले गर्नु भएको थियो ।

त्यसैगरि सामुदायिक सेवा केन्द्र मुर्लि श्रीपुरलाई योगदान दिनु हुने सामुदायिक सेवा केन्द्र मुर्लि श्रीपुरका सचिब दिलिप प्रधान, सदस्य हबिब अन्सारी , सन्चारकर्मि अजित भुजेल र सन्तोषमान रन्जितकारलाई मायाको चिनोले सम्मान गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close