
अजित भुजेल
बिरगंज , कार्तिक ०६ गते बिहीबार ।
भारत – नेपाल सिमा नाका मितेरीपुल एकतर्फी खुल्ला भएको तर नेपाल तर्फ नखुलेको प्रशासनले जनाएको छ ।
भारत नेपाल सिमा नाका एक तर्फी खुल्ला भएको छ ।भारतबाट आज देखि एकतर्फी नाका खोलेको तर नेपाल तर्फ नाकामा भने नखोलिएको र गाडीलाई रोक लगाईएको सशस्त्र प्रहरी निरीक्षकले बताएको छ ।
आज भारत नेपाल नाका खुल्ला भएको भन्ने खबर अनुसार हामी बिहान भारत नेपाल सिमा नाका मितेरी पुल पुग्दा एकतर्फी भारतले केही दिनको लागि चाडपर्वमा सहज होस भनी खोलेको भारतिय एसएसबिका ईनेस्पेक्टर मनोज शर्माले पर्सा पोस्टलाई बताउनु भयो ।
एकतर्फी नाका खुलेको तर नेपालमा नखुलेको हुदा आम जनता सास्ती भोग्नु परेको एक स्थानीयले बताए।
मितेरी पुलमा बिहान एकतर्फी नाका खुल्ला भएको भन्दै बिरगंजमा बासिन्दा बजार मोटरसाईकलमा रक्सोल पुगेका थिए भने भारतीहरु ईन्डियन नम्बरको मोटरसाईकल नेपाल प्रवेश गर्न नदिएका कारण केही बेर बोडरमा जाम गर्दै बिरोध पनि गरेका थिए ।
स्थिति तनावग्रस्त भएपछी केही बेर पर्चात भारतीय दूतावासबाट आएको गाडीले सम्झाई बुझाई उनिहरुलाई पठाएपछि तेलका ट्यान्करहरु रक्सोल छिरेका थिए ।




