पर्सा प्रहरी फेरि मोटरसाइकल चोरेर भाग्दै गरेका एक युवकलाई पक्राउ गर्न सफल ।

बिरगंज , माघ २५ गते मंगलवार ।

बिरगंजमा फेरि मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा पर्सा प्रहरीले एक जनालाई पक्राउ गर्न सफल भएको छ ।
बिरगंज महानगरपालिका वडा न. १५ स्थित ओम होटल एण्ड पार्टी प्यालेस अगाडी पार्किंग गरेर राखिएको ना.६३ प. ९२७४ नम्बरको कालो रातो रंगको बजाज पल्सर १ सय ५० सिसीको मोटरसाइला चोरेर भागी रहेको अवस्थामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बारा जिल्ला परवानीपुर गाउँपालिका वडा न. ५ बहुअरी निवासी २० वर्षीय साहिल पटेल रहेका छन् । पटेल माथि चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले पर्सा पोस्टलाई जानकारी दिनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close