सर्बोच्चको फैसलाले संविधान र लोकतन्त्र झन बलियो , युवा नेता मनोज पटेल

नेपाली कांग्रेसका युवा नेता मनोज पटेलले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको बताएका छन् । उनले सर्वोच्चको फैसला जनता र लोकतन्त्रका पक्षमा ऐतिहासिक भएको प्रतिक्रिया दिए ।

‘लामो रस्साकस्सीपछि सर्वोच्च अदालतले आज जनता र लोकतन्त्रको पक्षमा ऐतिहासिक फैसला गरेको छ,’ उनले भने, ‘सर्वोच्चको उक्त फैसलाले संविधानको रक्षा गरेको छ।’

सोमबार सर्वोच्चले संसद विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ ।सर्वसत्तावाद र अधिनायकवाद लोकतन्त्रको सामु घुँडा टेकेकाे छ । सबैमा हार्दिक बधाई ।”

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close