बहुदरमाइ नगरपालिकाका मेयर नितेन्द्र साहले विकासको नाममा जनतालाई दु:ख दिदै

बहुदरमाइ नगरपालिकाले वडा नं ९ मा रहेको नाला बनाउने नाममा खाल्डो खनी रोड पुरै हिला मय बनाएको छ। अहिले चुनाव नजिकै जादा विकासको नाममा नगरपालिका का मेयर नितेन्द्र साहले विकास देखाउनका निमित्त आमजनतालाई दु:ख दिन थालेका छन।

वडा नं ९ का स्थानीय ले पटक पटक काम छिटो सकाउन अनुरोध गरेपनी सुनवाइ न भएको आरोप लगाएका छन। वडा नं ९ का वडा अध्यक्ष रबि गुप्ता संग सम्पर्क गर्दा वहाले यो बजेट गत आ.व. २०७५/०७६ को नगरस्तरिय बजेट मार्फत नाला निर्माणकार्य भएको हुनसक्ने बताएका छन।
थप जानकारीको लागि बहुदरामाई नगरपालिका का ईन्जिनियर ईस्वरदेव यादव संग सम्पर्क गर्दा नाला निर्माण सम्बन्धि कुनै जानकारी नभएको बताएका छन।

यसरी बहुदरामाई नगरपालिकाको पधादकारीहरुले निर्माणकार्यको सुचना लुकाई अपारदर्शिक रुपले काम गरिरहदा उक्त काममा भ्रष्टाचार भएको असंका उत्पादन गराएको आमनागरिकको बुझाई रहेको छ।नगरपालिकाको शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रहरूमा छुट्ट्याइएको अधिकांश बजेट कागजी प्रकृया पु¥याएर हिनामिना गरिएको नगरपालिका स्रोतले जनाएको छ ।

किसानहरूको लागि नगरपालिकाले वितरण गरेको बाख्रा, विद्यालयमा पठनपाठन गर्ने बालबालिकाहरूलाई दिइने दिवाखाजा, १७ वटा सामुदायिक विद्यालयहरूमा दिएको एल.ई.डी, स्वास्थ्य क्षेत्रको लागि खरिद गरिएको औषधी लगायतमा नगरपालिकाले लाखौँ रकम कुम्ल्याएको नाम नराख्ने सर्तमा एक जना कर्मचारीले बताएका छन् ।

यस नै बिगतका दिन देखि बहुदरमाई नगरपालिकाले भ्रष्टाचार गर्दै निर्माणका कार्यगर्दै आएको छ। स्थानिय द्धारा बिरोध भए पनि पावर र पदको धाक धम्किले स्थानियको आवजलाई दबाउदै आएको स्थानीयको गुनासो रहेको छ। theraytimes

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close