
बारा , कार्तिक ०६ गते शनिबार ।
जिल्ला प्रहरी कार्यालय बारा मातहत प्रहरी चौकी मटिअर्वा बाराबाट खटीएको प्रहरी गस्ती टोलीले शुक्रबार बिहान जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.१० स्थित नेपाल भारत सिमाना नजिक सडकमा जिल्ला पर्सा पोखरिया नगरपालिका वडा नं.४ बस्ने रामविनय साह रौनियारको श्रीमती वर्ष ४१ की लालशा देवी रौनियारलाई कम्मर तथा दुबै तिघ्राको भागमा १४ पोका (७ किलो ५०० ग्राम) अवैध लागू औषध चरेस राखी लुकाई छिपाई नेपालबाट भारततर्फ गइरहेको अवस्थामा फेला पारी पक्राउ गरी लागू औषध मुद्दामा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




