बिरगंजका उद्योगी व्यवसायीहरुद्वारा विभिन्न मागको सम्बन्धमा भन्सार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईको ध्यानाकर्षण ।

बिरगंज , फागुन ८ गते आइतबार ।

बिरगंजका उद्योग व्यवसायीहरुद्वारा आज भन्सार बिभागको ध्यानाकर्षण गराएका छन् । बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ताको नेतृत्वमा वीरगन्जबाट गएको उद्योगी व्यवसायीहरूको एक टोलीले बीरगंज भन्सार सहित भारतको कोलकाता र विशाखापटनम बन्दरगाहमा ४/५ हजार कन्टेनर नेपाली सामान अलपत्र परेको सम्बन्धमा भन्सार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईको ध्यानाकर्षण गराएका थिए ।

बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ताले नेपालमा केही वस्तुहरूको आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने गरी नेपाल राष्ट्र बैकबाट जारी परिपत्रका कारण भन्सार जाँचपास हुन नसकी वीरगञ्ज भन्सार, कोलकाता र विशाखापटनम बन्दरगाहमा ४/५ हजार कन्टेनरहरू थन्केकोले परिपत्र प्रकाशित मितिबाट अघि सिपमेन्ट भइसकेका मालवस्तुहरु पुरानै प्रावधान बमोजिम भन्सार जाँचपास गरी नेपाल भित्र्याउने वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।

उहाँले नेपाल राष्ट्र बैकले नेपालमा आयात हुने ४७ वटा सङ्केत नम्बरका वस्तुहरूको आयातमा १०० प्रतिशत र ५० प्रतिशत मार्जिन राखेर मात्र आयात गर्ने प्रावधान लागु गरेकोमा आपत्ति समेत प्रकट गर्नुभयो ।

भेटघाटको क्रममा बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. गुप्ताले भन्सार राजस्व भुक्तानी विद्युतीय माध्यमबाट गर्ने प्रावधान ल्याएकोमा त्यसको स्वागत समेत गर्नुभयो ।

छलफल कार्यक्रममा वीरगन्जका उद्योगी व्यवसायीहरूले सिमेन्ट उद्योगका लागि चाहिने मुख्य कच्चा पदार्थ क्लिंकर र फ्लाई ऐस आयात गर्दा भन्सार जाँचपासमा भारतीय पक्षबाट कुनै किसिमको शुल्क दस्तुर नलगाइएकोमा नेपाली पक्षबाट प्रति हजार टनको हिसाबले शुल्क लिने गरेको जसले गर्दा सिमेन्ट उद्योगहरूले आफ्नो उत्पादन आम जनतालाई सस्तो दरमा उपलब्ध गराउन नसकिरहेकोले यसतर्फ पनि विचार गर्न आग्रह गरेका थिए ।

त्यस अवसरमा व्यवसायीहरूले वीरगञ्ज भन्सार, आईसिपी, आईसिडीमा एम्बुलेन्स, फायर ब्रिगेड, वाईफाई जोन, सुरक्षाको व्यवस्थाका साथै ती स्थानमा सौन्दर्यीकरणमा समेत ध्यान दिन सुझाव दिनुभयो ।

छलफलको क्रममा भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले निजी क्षेत्रको माग र गुनासोलाई सक्दो चाँडो सम्बोधन गर्ने र नीतिगत समस्याका हकमा भने आवश्यक गृहकार्य गरी संशोधन र परिमार्जन गर्नेतर्फ प्रभावकारी भूमिका भन्सार विभागले निर्वहन गर्ने बताउनुभयो ।

भेटघाटका क्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष हरि गौतम, महासचिव मनोजकुमार दास, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close