अबैध रुपमा भण्डारण गरेको २२९० के.जी. प्लाष्टिकका सामान सहित ३ जना पक्राउ ।

बिरगंज , माघ १९ गते सोमबार ।

बिशेष सूचनाको अाधारमा भंसार छली चोरी पैठारी गरी प्लाष्टिकका बिभिन्न किसिमका सर-सामानहरु अनाधिकृत रुपमा भण्डारण गरेको छ, भन्ने प्राप्त सूचना अनुसार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटि गएको प्रहरी टोलीले आइतबार १० बजेको समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.१० रानीघाट स्थित नामथर वतन नखुलेको व्यक्तिको टिनको छाप्रोको रितपूर्वक खान तलासी गर्दा उक्त छाप्रो भित्र अनाधिकृत रुपमा प्लाष्टिकका बिभिन्न किसिमका सर-सामानहरु २२९० के.जी. र सामानहरु ओसार पसार गर्न प्रयोग गर्न प्र.२-०३ स ४२६४ नम्बरको ई- रिक्शा तथा चालक जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.२७ रामगढवा बस्ने बर्ष १७ को मुकेश प्रसाद चौरसिया, सो छाप्रो भित्रबाट उक्त सामानहरु अन्य स्थानमा ओसार पसार गर्ने भारत बिहार जिल्ला मल्दा बस्ने बर्ष २९ को सफी कुली र सोही ठाउ बस्ने बर्ष ३१ को ताहुल हक समेतलाई पक्राउ गरी २२९० के.जी. रु.३,७९,०००।– (तिन लाख उन्नासी हजार ) बराबरको प्लाष्टिकबाट बनेको सर-सामानहरु बरामद गरी आजै आवश्यक कारवाहीको लागि बीरगंज भंसार कार्यालय पर्सामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close