नागरिकता विधेयक ल्याउन गृहमन्त्री एक्सनमा, हजारौं बालबच्चाले नागरिकता पाउने

गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐन ल्याउन पहल थालेका छन् ।

नागरिकताबिना उमेर पुगेका थुप्रै नेपाली नागरिकले रोजगारी, कलेज पढ्न नपाएकोदेखि खाता खोल्न नपाएको अवस्थालाई मध्यनजर गर्दै नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित गराउन पहल थालेका हुन् ।

यसमा एमालेले पनि ग्रिन सिग्नल दिइसकेको छ । यही बेला महिला सांसदहरूले खाणलाई भेटेर सम्बोधन गरिदिन आग्रह गरेका छन् ।

पूर्वमन्त्री, नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सांसदहरू रंगमती शाही, बिन्दा पाण्डे, विमला राई पौडेल र विना श्रेष्ठले गृह मन्त्रालयमा आइतबार भेटेर नागरिकता, भिजिट भिसासम्बन्धी रिपोर्टलगायतका विषयमा माग राख्दै सम्बोधन गरिदिन आग्रह गरेका हुन् । सांसदहरूको तर्फबाट एमाले सांसद पाण्डेले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभाको समितिबाट संसद्मा गइसकेकाले पारित गर्ने अबस्था निर्माण गर्न आग्रह गरे ।

वैवाहिक अंगिकृतबाहेकका विषयमा सहमति बनेकाले पास गरेर कानुन बनाउँदा उपयुक्त हुने उनको भनाइ थियो । नागरिकतासम्बन्धी विषयले उमेर पुगेकाहरू पनि बैंक खाता खोल्न, पढ्न विद्यालयमा भर्ना गर्न र रोजगारीका लागि आवेदन दिन पनि समस्या भएको महिला सांसदहरूको भनाइ थियो । त्यस्तै भिजिट भिसा र सोबाट सृजित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदनमा संविधानसँग बाझिने विषयबस्तु समेटिएको भन्दै सच्याउन सांसदहरूले आग्रह गरे । Nepal pana

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close