बैंक तथा वित्तीय संस्थामा ‘आलोपालो प्रणाली’ लागू गर्न निर्देशन

काठमाडौं- नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै ५० प्रतिशत मात्र कर्मचारी कार्यालयमा उपस्थित हुनेगरी आलोपालो प्रणाली लागू गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै सम्भव भएसम्म विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न र कार्यालयमैं उपस्थित हुनुपर्ने अवस्थामा कुल मध्ये आधा कर्मचारीले मात्र काम गर्ने वातावरण बनाउन सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो।बाँकी कर्मचारीलाई घरैबाट काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र तथा सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी न्यूनतम बैंकिङसेवा प्रदान गर्न यस्तो निर्देशन जारी गरिएको केन्द्रीय बैंकले जनाएको छ।

यसैगरी कर्मचारीलाई आवश्यक परेमा आइसोलेसनमा राख्न र सो को सम्पूर्ण खर्च बैंक तथा वित्तीय संस्थाले नै बेहोर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close