
वीरगंज। राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का नेता तथा जिल्ला सह सचिव पवन प्रसाद साह ले नेपालीहरूको महान् पर्व फागु पूर्णिमा(होली)का अवसरमा देश, विदेशमा बस्ने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
नेता पवन प्रसाद साह ले आज होली को अवसरमा सबैको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्नुभएको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास रहेको कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा (होली) यस वर्ष हिमाली तथा पहाडी जिल्लामा चैत ३ गते र तराईका मधेश जिल्लामा चैत ४ मा मनाइँदै छ ।
रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन छ ।
फागु पूर्णिमाको अवसरमा हिमालदेखि पहाड तराई (मधेश) र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढ हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर विभिन्न भाषामा गीत गाउँदै, बाजा बजाउँदै रमाइलो गर्ने प्रचलन छ । सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस होली पर्वले समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम राख्न योगदान पुरयाउने विश्वास व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी का नेता तथा जिल्ला सह सचिव पवन प्रसाद साह ले सबैमा होली को शुभकामना व्यक्त गर्नुभएको छ।